नाइसले थपेको उर्जा सामाजिक कार्यमा सक्रिय सालिया
नेपालगञ्ज उप–महानगरपालिका पूर्वमा डुडुवा गाउँपालिका, पश्चिममा– जानकी गाउँपालिका, उत्तरमा जानकी गाउँपालिका र कोहलपुर नगरपालिका र दक्षिणमा डुडुवा गाउँपालिका रर मित्रराष्ट्र भारतको सीमाना पर्दछ । विशेष गरि मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगन्ज विभिन्न जातजाती, विभिन्न भाषाभाषी, विभिन्न धर्मावम्बीहरुको बसोबास भएको पालिका हो । यो उपमहानगरपालिका २३ वटा वडा मिलेर बनेको छ । समाज परिवर्तन र युवा सक्रियताको मुद्धालाई अंगालेर अगाडी बढिरहेकी छिन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ की सालिया हास्मी । स्नातक तहमा अध्ययनरत सालिया अहिले आफ्नो टोल, समाज, वडा र पालिकामा विभिन्न मुद्धामा बोल्दै र युवाहरुलाई सामाजिक अभियानमा अग्रसर गराउँदै अगाडी बढाईरहेकी छिन । द एसिया फाउण्डेशनको सहयोग र नाईस नेपालगन्जको सहजिकरणमा केही महिना अगाडी नेपालगन्जमा सन्चालित सामाजिक सद्भावका लागिसंगै परियोजना अन्तर्गत पालिका स्तरीय अन्तरधार्मिक युवा सन्जाल गठनमा सालिया सहभागी थिइन् । नेपालगन्जमा सामाजिक सद्भावका नाममा विभिन्न प्रकारका द्धन्दहरु बेलाबेलामा भईरहेका हुन्छन् र आफु मुस्लिम भएकै कारणले आफ्नो परिवार र समाजमा आफुले चाहे जसरी कामगर्न नसकिरहेको लगाएका बिषयहरुमा उनले आफ्ना भनाई राख्दै आएकी थिइन् । समाज परिवर्तन र सामाजिक सद्भाव कायम गर्नुपर्छ भन्ने उनमा देखिएको हुटहुटीले नै उनी समुहमा आबद्ध भईन् । कुनै कार्यक्रमका जाँदा आउदा घर परिवार र समाजले विभिन्न किसिमका आरोप गर्ने र बाहिर कार्यक्रममा जाँदा पनि सहमती नदिदा प्रगति गर्न नसकेको उनको भनाइछ । उनि भन्छिन आफु मुस्लिम समुदायको भएकाले अन्य समुदायको तुलनामा अझै धेरै गर्न बाकि छ । सबै मुस्लिम युवाहरुले अन्य युवाहरु जस्तै परिवारको भरोसालाई ध्यानमा राखि अगाडी बढ्नुपर्नेमा उनको जोड थियो । उनी भन्छीन् मलाई संघसंस्थामा काम गर्ने असाध्यै रहर छ, मेरो सक्रिया देखेर मलाई बोलाउनु हुन्छ सबै कार्यक्रममा समयले जान पाउदैन, वडा कार्यालयको हरेक अभियानमा सहयोग गर्दै आएकी छु । उनको सक्रियताका कारण वडा नम्बर ९ ले समेत उनलाई अभियानमा अगुवाईको भुमिका दिदै आएको छ । यसरी वडाबाट बोलाउन थालिएपछि उनको परिवारलाई समेत छोरीले गरेको कामको जानकारी हुने गरेको र परिवारले उनलाई काम गर्न समर्थन गरेको उनको भनाईछ । सामाजिक कार्यमा सक्रिय सालियाले नाइस नेपालगन्ज मार्फत अन्तरधार्मिक युवा समिति पदाधिकारीहरुको क्षमता अभिबृद्धी सम्बन्धीको तिन दिने आवासिय तालिममा समेत सहभागिता जनाई सकेकी छिन् जुन तालिममा नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न धर्मका युवाहरुको सहभागिता रहेको थियो । हाल उनको घर परिवारले सालियालाइ संघ संस्थामा आबद्ध हुन र तालिमहरुमा सहभागि हुन कुनै पनि रोक लगाउने गरेको छैन जसबाट सालिया निकै खुसी छिन् । नाइस नेपालगन्जले गरेको आवासिय तालिम पश्चात घरपरिवारको निकै सहयोग मिलेको बताउदै उनि भन्छिन म पहिलो पटक आवासिय तालिममा सहभागी भएकी थिए, आज भोली यस्ता तालिम तथा कार्यक्रममा जानका लागि परिवारबाट कुनै रोकावट छैन त्यसका लागि नाइस परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु । तालिममा सहभागि भए पश्चात सालियाले वडा भित्रका युवाहरुलाइ समावेश गरि विभिन्न अभियान सञ्चालन गर्ने तथा अभियानमा सहभागि हुदै आएकी छिन् । वडासँगको सहकार्यमा वडा स्तरीय युवा क्लबमा आबद्ध भई सबै युवाहरुलाई समेट्दै समाज परिवार्तनका लागि काम गर्ने उनको प्रतिबद्धता छ ।
Read More

