नरैनापुर-३ मा युवाहरूका लागि एक दिने अभिमुखिकरण
2025-01-13
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ मा युवाहरूका लागि एक दिने अभिमुखिकरण गरिएको छ । युएसएआईडि÷द एसिया फाउण्डेसन द्धारा सञ्चालीत नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइसले सामाजिक सद्भावका लागिसँगै कार्यक्रम अन्तरगत उक्त अभिमुखिकरण गरिएको हो । सो क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य सविर खान, इसाइ धर्म गुरु अहमेद हुसन असारि, हिन्दु धर्म गुरु बिजय रफी शर्माको उपस्थिती र १६ जना स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।

